प्रदेश २ : हेलिकोप्टर चार्टर्ड गरेर विवाह
टुडेपाटी-
जनकपुरधाम, मंसिर १७ गते ।
प्रदेश २ को बारामा हेलिकप्टर चर्टर्ड गरेर विवाद गरिएको छ ।
सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाहमा विवाह सम्पन्न गरेका छन् ।
सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए ।
बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग विवाह सम्पन्न भएको हो ।
जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।
Sponsored
हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गरेका थिए ।
छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए । सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने उनको भनाइ छ ।
हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउँदै बुवाले इच्छा पूरा गरिदिएको बताए ।
फाइल तस्बिर