जनकपुरमा राष्ट्रिय बाणिज्य बैंकद्वारा तेश्रो एटीएम सेवा सञ्चालनमा
टुडेपाटी
जनकपुरधाम, मंसिर १५ गते ।
राष्ट्रिय बाणिज्य बैंकले जनकपुरमा तेश्रो एटीएम सेवाच सञ्चालनमा ल्याएको छ ।
जनकपुरको मुरलीचोक स्थित नेपाल राष्ट्र बैंकको अगाडीमा रहेको संघीय प्रहरी कार्यालय परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
सो एटीएम सेवाको प्रदेश २ का प्रहरी प्रमुख (डिआइजी) उमेश रञ्जिताकारले बुधबार बिहान एक समारोहबीच उद्घाटन गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाकबाट भर्खर लहान सरुवा भएकी प्रवन्धक रञ्जिता झाको अध्यक्षता तथा डिआइजी रञ्जिताकारको प्रमुख आतिथ्यमा एटीमको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामती, राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाका प्रवन्ध कृष्ण प्रसाद पौडेल, पिडारीचोक शाखा प्रवन्धक कृष्णदेव पाल, महेन्द्रनगर शाखा प्रवन्धक सुरेश मण्डल लगायत बैंकका कर्मचारी र प्रहरीहरुको उपपस्थिति रहेको थियो ।
Sponsored
जनकपुर भानुचोक स्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय र पीडारीचोक स्थित शाखा कार्यालयमा यसअघिदेखि नै सो बैंकको एटीएम सेवा सञ्चालनमा रहेको छ ।
जनकपुरमा तेश्रो एटीएम सञ्चालनमा आएपछि राष्ट्रिय बाणिज्य बैंकको देशभरिमा २४२ एटीएम संख्या पुगेको छ ।
हाल देशभर ७७ वटै जिल्लामा राष्ट्रिय बाणिज्य बैंकको २५५ वटा शाखा रहेको छ ।