धनुषामा गुडिरहेको विंगरको ढोकाबाट लडेर कलेज पढ्दै गरेकी पूजाको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।
धनुषामा गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको ज्यान गएको छ ।
धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त धनुषाधाम नगरपालिका ७ भगवानपुरी १८ वर्षीया पूजाकुमारी महतो बुधबार बिहान मृत्यु भएको हो ।
बुधबार बिहान ७ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए ।
गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा बेस्सरी चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी कलेजबाट कुनैकामको लागि ढल्केबर तर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Sponsored
पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।