TodayPati

गरिमा विकास बैँकद्वारा १५ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान

टुडेपाटी–
जनकपुरधाम, मंसिर ७ गते ।

गरिमा विकास बैँकले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैँकले आफ्नो शाखा कार्यालय जनकपुरधाम आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको जनकपुरधामका शाखा प्रबन्धक अबधेश झाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी धनुषाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीय प्रशासन, बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Sponsored

जनकपुरधाम शाखाका प्रबन्धक झाले बैँकले बार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रिय कार्यालय, जनकपुरधाम शाखा लगायतका २१ शाखा कार्यालयहरुमा एकै साथ रक्तदान कार्यक्रममा सम्पन्न गरेको बताए ।

बैंकले मुलुकको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

मंगलबार १५ औँ वार्षिकोत्सवको दिन मात्र ५ वटा शाखा कार्यालयहरुको शुभारम्भ गरेको छ । मोरङ्गमा पथरी शाखा, सुनसरीमा झुम्का शाखा, ललितपुरमा सातदोबाटो शाखा, काठमाडौँमा माछापोखरी शाखा र बर्दियामा गुलरिया शाखाको शुभारम्भ गरेको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *