TodayPati

प्रदेश २ : थ्रेसरमा च्यापेर ८ वर्षीय बालकको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, मंसिर ५ गते ।

धान झार्ने थ्रेसरमा च्यापेर पर्सामान८ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ६ माधवपुरका भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो ।

Sponsored

थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको क्रममा तराई अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *