TodayPati

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको ज्यान गयो

टुडेपाटी-

सुनसरी, चैत १९ गते ।

सुनसरीमा एम्बुलेन्सकाे ठक्करबाट एक स्वास्थ्यकर्मीको ज्यान गएको छ। सुनसरीको इनरुवा-६ मधेशाकी रत्ना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

उनी मधेशा स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।

बुधबार को १ च ९६०५ नम्बरको एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट उनकी टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एम्बुलेन्स तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *