पूनः सुरु भयो जनकपुरधाम–पटना बस सेवा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २१ गते ।
जनकपुरधाम–पटना बस सेवा पूनः सुरु भएको छ । कोरोना संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा शनिवारदेखि पुनः सुचारू भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारत विहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर शुभारम्भ गरेको जनकपुरधाम पटना बस सेवा कोरोना महामारीको कारण बन्द रहेको थियो ।
बन्द भएको करिब २० महिना पश्चात नेपाल भारत मैत्री बस सेवा सुरु भएको हो ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले शनिवार देखि बस सेवा सुरु भएको जानकारी दिए । उनले यातायात प्रालि र जनकपुरधाम उद्योग वाणिज्य संघको प्रयासबाट बस सेवा पुनः सुचारु भएको बताए ।
कोरोना संक्रमणको सुरुवाती अवस्थामा २०७६ साल चैत ३ गतेदेखि नेपाल–भारत बस सेवा बन्द भएको थियो । शनिबार राति ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
Sponsored