अबिरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्कियो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ४ गते ।
अबिरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्किएको छ ।
जिल्लाको बिभिन्न ठाउँका ११ जनाको घर भत्किँएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जसमा भंगहा नगरपालिका(६ संग्रामपुरमा मात्रै चार जनाको घर भत्किएको छ । मनोज यादव, सोही ठाउँका रवीदुखा यादव, मैतुन खातुन, रामएकवाल यादवको घर बर्षाका कारण भत्किएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
यस्तै बलवा नगरपालिकामा पनि पाँच जनाको घर भत्किएको छ । बलवा नगरपालिका ७ बस्ने राहुल कुमार झा, निरो देवी मण्डलको घर र नन्दा मुखियाको भान्सा घर पूर्ण रुपमा भत्केको प्रहरीले जनाएको छ ।
यस्तै सोही नगरपालिका(३ बस्ने रामचन्दु यादवको खपडाले छाएको एक तले कच्ची गोठ घर पूर्ण रुपमा क्षति भएको छ भने सञ्जीव यादवको एकतले कच्ची गोठ घरको माटो र बाँस टाटी भत्केको छ ।
मनराशिस्वा नगरपालिका(३ का बस्ने महिन्द्र महतो २ कोठा भएको कच्ची घर र मनराशिस्बा नगरपालिका(८ बस्ने ३९ बर्षीय जाहेरुल राईनको खरले छाएको दुई कोठा भएको घर भत्केर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।
Sponsored
उक्त घरहरु भत्किँदा झण्डै १२ लाख बराबरको क्षति भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी बिष्टले बताए ।