वीरगञ्जस्थित ग्यास बुलेटमा १२० किलो गाँजा भेटियो
टुडेपाटी-
वीरगञ्ज, असोज २८ गते ।
वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।
एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो ।
वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।
ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।
Sponsored