जानकी मन्दिर परिसरबाट मागिखाने अपाङ्ग महिलाको उद्धार
टुडेपाटी-
जनकपुरधाम, असोज २५ गते ।
जानकी मन्दिर परिसरबाट मागि खाने एक अपाङ्ग महिलाको उद्धार गरिएको छ ।
दुबै हात नभएको, बोल्न नसक्ने तथा मानसिक सन्तुलनसमेत नभएकी महिलाको आइतबार उद्धार गरिएको हो ।
वीरगञ्जका समाजसेवी प्रकाश थारुको नेतृत्वमा ती महिलालाई मानव सेवा आश्रम हरियोन पुर्याएको छ ।
उनलाई उद्धार गरि आश्रमसम्म पुर्याउन समाजिक अभियन्ता सरोज राय, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरबहादुर मगर, पुरजीवन स्थपना केन्द्रका प्रमुख अजितम पाण्डे, मानव सेवा आश्रमका देवेस मानवसेवा, मुन्न लिम्बु, युवा अभियन्ता बजरंग यादव, प्रविन महतो, कुल्दीप साह, लगायतको उपस्थिति थियो ।
ती महिला तीनवर्षदेखि जानकी मन्दिरमा अलपत्र रहेको थाहा पाएपछि उनको उद्धार गरि मानव सेवा आश्रममा सहज जीवन यापनको लागि राखिएको समाजसेवी थारुले बताए ।
Sponsored
समाजसेवी थारुले प्रदेश २ मा अलपत्र भएर कष्टकर जीवन व्यथित गरिरहेका मानसिहरुको उद्धार गरी मानवसेवा आश्रममा पुर्याउने कार्यमा सक्रिय छन् ।