TodayPati

महोत्तरीमा सर्पको टोकाइबाट १३ वर्षीय बालकको ज्यान गयो

टुडेपाटी-
महोत्तरी, असोज १७ गते ।

महोत्तरीमा सर्पको टोकाइबाट एकजना बालकको ज्यान गएको छ । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति मदन रामका १३ वर्षीय छोरा आकाश ज्यान गएको हो ।

ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

Sponsored

उनका अनुसार महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *