TodayPati

कक्षा ११ मा अध्यनरत मोनाष्टिक कलेजका विद्यार्थीलाई नाचगानसहित स्वागत

टुडेपाटी-
जनकपुरधाम, असोज १४ गते ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको भानुचोकस्थित चर्चित मोनाष्टिक कलेजमा प्लस टु विज्ञान, व्यवस्थापन, कानून, शिक्षालगायतका सङ्कायमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।

कक्षा १२ का विद्यार्थीले विहीबार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।

Sponsored

विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको हो । १२ कक्षाका विद्यार्थीहरुले वाद्यवादन बजाउनेदेखि गायन, नृत्य, कविता तथा नाटक प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए ।

विद्यार्थीहरुको जोडदार प्रस्तुति देखेर नवआगन्तुक विद्यार्थीहरु हर्षित थिए भने अतिथिहरु प्रतिभाको प्रशंसा गर्दै रमाइएरहेका थिए ।

स्वागत कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, जनकपुरका प्रमुख प्रकाशराज काफ्लेले मोनाष्टिक कलेजको बाहिर हुने प्रशंसालाई परीक्षाको नतिजा र विद्यार्थीको चौतर्फी क्षमताले पुष्टि गरेको बताए । विद्यार्थीको कलाको प्रशंसा गरेका काफ्लेले हरेक शिक्षण संस्थाले परीक्षामा विद्यार्थीले दायाँबायाँ हेर्नुपर्ने अवस्था नआउने गरी अध्ययन गराउनुपर्नेमा जोड दिए ।

Sponsored

प्रमुख अतिथि काफ्लेलेले अभिभावकले छोराछोरीका लागि राम्रो कलेजमा लगानी गरेकोमा प्रंशसासमेत व्यक्त गरे ।

सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्ने मुख्य लक्ष्य : प्रबन्ध निर्देशक डा. साह

कलेजका प्रबन्ध निर्देशक डा.सोनुकुमार साहले कलेजको लक्ष्य नै अनुसन्धान, नयाँ आविस्कारको विकास गर्दै सर्वोत्कृष्ट विद्यार्थी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको बताए । उनले विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर नवीनतम् अनुसन्धान र खोजलाई समेत सँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

समयसापेक्ष रुपान्तरण हुन आवश्यक रहेको भन्दै अहिलेको समय विज्ञान र प्रविधिसँगै व्यवस्थापनलाई समेत जोडर लैजान आवश्यक रहेको साहको भनाइ छ ।

उच्च र गुणस्तरीय शिक्षाकै लागि दैनिक सयौं विद्यार्थी बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि मोनाष्टिक कलेजले एउटा इटा थप्ने प्रयत्न गरिरहेको उनले जनाए । प्रबन्ध निर्देशक सोनुले कलेजका कक्षाकोठा वातानुकुलित हुने भएकाले विद्यार्थीले रमाई रमाई सिकाइ गर्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयकी संस्थापिका वीणादेवी साहले नवआगन्तुक विद्यार्थीलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिँदै त्यसका लागि कलेजले आवश्यक वातावरण तयार गरेको बताइन् ।

अहिले मुलुक समृद्धिको दिशातर्फ अघि बढिरहेको चर्चा गर्दै उनले भनिन्,‘यसका लागि दक्ष र सक्षम नागरिकको खाँचो छ, हामी चाहन्छौं त्यो सक्षम र दक्ष उत्पादन तपाईँहरु हुनुहोस् ।’

दृढ इच्छाशक्ति भए जस्तोसुकै लक्ष्य हासिल गर्न सक्ने तर्क गरेका संस्थापिका साहले प्राध्यापक तथा शिक्षकहरुले पनि विद्यार्थीको भावना अनुसार पथ प्रदर्शन गर्नुपर्नेमा जोड दिइन् ।

गएको वर्षदेखि मोनाष्टिक कलेजमा ब्याचलर तर्फ बीएड चार वर्षे, बीबीएस चार वर्षे, बीएसड्ब्लु लगायतका संकायमा समेत शिक्षण सुरु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “कक्षा ११ मा अध्यनरत मोनाष्टिक कलेजका विद्यार्थीलाई नाचगानसहित स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *