२ लाख रुपैयाँ घुससहित वडा सदस्य अख्तियारको फन्दामा
टुडेपाटी-
काठमाडौं, भदौ २१ गते ।
दुईलाख घुससहित काठमाडौं महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडा सदस्य वसन्त महर्जन छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
जग्गाको मोहियानी हक सम्बन्धी जग्गाको सिफारिस र काम गराइदिने प्रयोजनामा सेवाग्राहीसंग घुस लिएको २ लाख घुससहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
घुससहित पक्राउ परेका वडा सदस्य महर्जनमाथि थप अनुसन्धान भइरहको जनाएको छ ।
Sponsored