TodayPati

लामो समयदेखि फरार हंशपुर नगरपालिकाका मेयर मण्डल अदालतमा हाजिर

टुडेपाटी-
जनकपुरधाम, भदौ १५ गते ।

लामोसमयदेखि फरार धनुषाको हंशपुर नगरपालिकाका मेयर रामाज्ञान मण्डल अदालतमा हाजिर भएका छन् ।

दुईवर्ष अघि नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको झडपमा परि स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा १८ भदौ २०७७ मा मृत्यु भएको थियो। घटना पश्चात फरार रहेका मेयर मण्डल मंगलबार अदालतमा हाजिर भएका हुन् ।

Sponsored

घटनामा उनी लगायतका व्यक्तिहरुको हात रहेको भन्दै उजुरी परेयता प्रहरीको फरार सूचीमा रहेका मण्डल मंगलवार जिल्ला अदालतमा आफै हाजिर भएका हुन् ।

म्यादी पुर्जी जारी भएपछि नगरप्रमुख मण्डल आफै अदालतमा हाजिर हुन पुगेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरु समेत नगरप्रमुख मण्डलसँग अदालतमा हाजिर भएको बताइएको छ । यसअघि फरार सूचैमै रहेका कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरिएको थियो ।

Sponsored

घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै प्रहरीको फरार सूचीमै रहेको बताइएको छ ।

२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो।

झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो।

सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए।

उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *