TodayPati

महोत्तरीका बाढी पीडितलाई राहत वितरण

रञ्जन भण्डारी-
महोत्तरी, भदौ १४ गते ।

गत शुक्रवार आएको बाढीले पीडित बल्वा नगरपालिका ४ तिलगढ र पडौलका स्थानीयहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको छ । यसै क्षेत्रका प्रतिनिधी सभा सदस्य शरतसिंह भण्डारी र प्रदेश सभा सदस्य सुरीता साहद्वारा व्यक्तिगत तर्फबाट राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो । गत शुक्रवार आएको वाढीले सयौ स्थानियको घर भित्र भएको खाद्यान्न र अन्य सामग्री नष्ट भएपछि उनीहरुले राहत वितरण गरेका हुन ।

एकसय २० परिवारलाई दश किलो चामल,एककिलो दाल,एक लिटर खानेतेल,एककिलो नुन,पाचकिलो आलु,दुईकिलो प्याज,दुईकिलो चुरा,दुईसयग्राम सोयाविन,एकपाउ चिनी लगायतका राहत सामग्री प्रदान गरिएको हो ।

Sponsored

प्रदेश सांसद सुरीता साहले थप बाढी पिडितलाई राहत वितरण गर्न तथ्यांक संकलन भैरहेको बताउदै उनले कुनै पनि बाढी पिडितलाई भोकै बस्न नदिने बताईन् । उनी गाउ स्तरमै हरेक बाढी पिडितले राहत पाउन भनेर आफुहरुको तयारी रहेको बताउदै रातु नदीको प्रलयकारी विनासले हरेक वर्ष क्षति भैरहेकोमा तत्काल तटबन्ध मर्मत गर्न मांग गरिन् ।

उनले स्थाई तटबन्ध निर्माण र नदीको डेप्थ बढाउने मात्र बाढीको विकल्प भएकोले संघिय र प्रदेश सरकारले बाढीबाट मुक्ति दिलाउन गम्भिर भएर लाग्नु पर्ने बताईन् ।
पटक पटक बाढी आउदा र आफुहरुले समेत सरकारको ध्यानाकर्षण गराईरहदा बाढी जस्तो समस्याको समाधानको लागि सरकार गम्भिर नभएको प्रति उनले जनता रहे देश रहने भएकोले जनताको सुरक्षासंग खेलवाड नगर्न आग्रह गरिन् ।

महोत्तरीमा रातु नदीमात्र नभई जंघा,विग्ही,अंकुशी,कान्तवा र मरहा लगायतका नदीहरुले समेत वर्षेनी बाढीको प्रकोप देखाईरहदा तटबन्धको पक्की निर्माण र नदीमा माटो बालुवा जमेर बढेको उचाई व्यवस्थापन नगरिदासम्म समस्या समाधान हुने देखिदैन । नदीलाई पुर्ण मर्मत गर्न झण्डै चार अर्व भन्दा वढीको खर्च लाग्ने भएकोमा नेपाल सरकारले वर्षेनी दुई चार करोड लगाउदा भए भरका तटबन्धहरु समेत टुटने अवस्थामा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *