TodayPati

राजविराजको गजेन्द्रनारायण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी

टुडेपाटी-
राजविराज, भदौ १४ गते ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए ।

साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको  उनले बताए । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको छ ।

Sponsored

गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरीसहित छिमेकी उदयपुर, सिरहा र सुनसरीमा रहेका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा. झाले बताए । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ बेडको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *