सौतेनी छोरा हत्या अभियोगमा जलेश्वर जेलमा रहेकी रागनीले छोरा जन्माइन्
टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।
छोरा हत्या अभियोगमा पूर्वपक्षका केहिदिन अघि जेल चलान भएकी महोत्तरीकी एक महिलाले छोरालाई जन्मदिएकी छन् ।
जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनीले कारागारमै छोराको जन्म दिएकी हुन् ।
रागनीले आइतबार छोरालाई जन्म दिएको जलेश्वर कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।
सौतेनी आमा रागनीले पाँच वर्षीय छोरा रितेश यादवको साउन १४ गते दिउँसो हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जलेश्वर कारागार पठाएको थियो ।
Sponsored