सिरहाको बाबाताल उक्लिएर बाढी गाउँ पस्यो
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
निरन्तरको वर्षाले सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुर स्थित रहेको बाबातालको पानी उक्लिएर गाउँ पसेको छ । पानी उक्लिदा बाँध कटान समेत गर्न थालेको हो ।
पानी उक्लिएर गाउँ पस्दा पस्दा घरहरु डुबानमा परेको स्थानीयले बताएका छन् ।
बाँध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोलि पुगेको छ । बोरामा माटो हालेर अहिले बाँध मर्मत काम भइरहेको सिरहाका प्रम्ुख जिल्ला अधिकारी प्रदीप णेलले टुडेपाटीलाई जानकारी दिए ।
यस्तै वर्षाषले सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा बाढीको बहाब उच्च भएको छ । बाढीको बहाव उच्च भएपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाको बाढी पस्ने सम्भावित क्षेत्रमा उच्च सर्तकता अपाउन प्रशासनले आग्रह गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले नदीको तल्लो तटीय क्षेत्रमा नजान माइकिंग गरिरहेको प्रजिअ कणेलले जानकारी दिए ।
Sponsored