TodayPati

वर्षाका कारण मधेश भवनभित्र रुख खस्दा मन्त्रीको निवास भत्कियो, विद्युत अवरुद्ध

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

लगातारको वर्षाका कारण प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । बिहीबार बिहान निरन्तरको वर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो ।

आज बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको छ । मन्त्री साहको निवास नजिकैको रुख खसेको हो ।

Sponsored

‘हामी बाहिर बसिरहेका थियौं । एक्कासी भूकम्प आए झैं रुख ढल्यो’ मन्त्रीका स्वीकय सचिव नवनीत झाले भने, ‘रुखले ठूलो पिलर भएको पर्खाललाई भत्काएको छ भने विद्युतका पोल खसाएको छ ।’

झाका अनुसार झण्डै ५० फिटको रुख एक्कासी ढलेको हो । जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने निवास पनि यहींभित्र बनाएको छ । मन्त्रालय र निवास यहीं राखिएपछि यहाँको नाम मधेश भवन राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *