रौतहटको काँग्रेस नेता रामाज्ञा यादवको क्यान्सरका कारण निधन
टुडेपाटी-
रौतहट, साउन २ गते ।
नेपाली काँग्रेसका रौतहट नेता रामाज्ञा यादवको निधन भएको छ । ५० वर्षको उमेरमा यादवको शुक्रबार राति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पछिल्लो तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रसित उनको झन्डै एक वर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो ।
उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।
यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका-८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारजनले जनाएको छ ।
यसअघि रौतहट क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए ।
Sponsored
उनको २ छोरा र १ छोरी रहेकी छिन् ।