धनुषामा बँदेलबाट बचाउनका लागि तरकारी बारीमा बिछ्याइएको तारमा करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।
धनुषामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । बुधबार राति धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार धनुषाधाम–७ का रामबहादुर मण्डलले आफ्नो भण्टाबारीमा जङगली बँदेलबाट बचाउनका लागि नाङ्गो तारले कम्पाउण्ड घेरी करेन्ट छोडेको तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका रामजीवन र १७ वर्षीय राजुकुमार साहको रामजानकी अस्पतलामा उपचार भइरहेको छ ।
करेन्ट छोड्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भेन घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
Sponsored