सर्लाहीमा मुसलधारे वर्षाले घर भत्किदा च्यापिएर तीनजना घाइते
टुडेपाटी-
सर्लाही, असार १७ गते ।
मुसलधारे वर्षाको पानीले घर भत्किएर किच्दा सर्लाहीमा तीनजना घाइते भएका छन् ।
मलङ्गवा नगरपालिका-६, खुटौनाकी सुशीला देवी महराको खपडाले छाएको दुई तले कच्ची घर भत्किएको हो ।
घरधनी ५० वर्षीया सुशीला देवी, रवीन्द्र रामकी श्रीमती २६ वर्षीया रेखा देवी र रेखाकी छोरी २ वर्षीया अर्चना महरा घाइते भएकी छन् ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
Sponsored