TodayPati

जलेश्वरको पोखरीमा डुबेर २ वर्षीय बालकको ज्यान गयो

धर्वेन्द्र यादव (यदुवन्शी)
महोत्तरी, चैत्र ११ गते ।

महोत्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा जलेश्वर नगरपालिका–१ मटिहानी नगरपालिका–९ सिमरदही बस्ने सुनिल कुमार चौधरीका २ वर्षीय छोरा प्रिंसी कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जलेश्वर स्थित महादेव मन्दिरको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो ।

Sponsored

चौधरी परिवार मंगलबार जलेश्वर मन्दिरमा मुण्डन समारोहको लागि आएको बेला बालक खेल्दा खेल्दै पोखरीमा पुगेर डुबेको हुन सक्ने प्रहरीको आशंका छ ।

पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको बेला उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *