सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
टुडेपाटी-
सप्तरी, असार १४ गते ।
सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने मो.जलिलका ३५ वर्षीया श्रीमती जहादा खातुनलेको मृत्यु हो ।
सोमबार बिहान साढे १० बजेतिर मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर जहादा गम्भीर घाइते भएकी थिइन् ।
उनको बिराटनगर स्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा दिउँसो १:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनको शवलाई मुचुल्का तथा पोष्ट मार्टम गरी अाफन्तलाई जिम्मा लगाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
Sponsored