TodayPati

बटेश्वर गाउँपालिकाका ५५ विपन्न घरपरिवारलाई गंगोत्रीको राहत

टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।

निषेधाज्ञा प्रभावित धनुषा वटेश्वर गाउँपालिकाका ५५ गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ ।

महेन्द्रनगर स्थित गंगोत्री बोडिङ्ग स्कुलको सहयोग र शिवशक्ति यूथ क्लवको समन्वयमा प्रति परिवार १० किलो चामल, १ किलो नुन, १ लिटर खाने तेल, १ किलो दाल, आधि किलो सोयाविन लगायत प्रदान गरिएको हो ।

Sponsored

स्वास्थ्य मापदण्डको पालना गरी बटेश्वर गाउँपालिका भित्रका गरिब तथा अति विपन्न ५५ परिवारलाई घर घरमै पुगेर राहत पुर्याएको गंगोत्री बोडिङ्ग स्कुलका संचालक गणेश साहले जनकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा शिवशक्ती यूथ क्लवका अध्यक्ष टकबहादुर, समाजसेवी राममणि कुशवाहा, सज्जन सिंह दनुवार, मदन विश्वकर्मा, राजेन्द्र महतो, लक्ष्मी माविका कुशेश्वर महतो, राजेश महतो लगायतको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *