प्रदेश २ : आफैंले बोकेको राइफल पड्केर सेनाका एक जवान गम्भीर घाइते
टुडेपाटी-
पर्सा, असार ७ गते ।
पर्सामा आफैंले बोकेको राइफल पड्केर सेनाका एकजना जवान गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानलाई गोली लागेर घाइते भएका हुन् ।
उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ ।
स्रोतका अनुसार आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएका हुन् । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए ।
ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो ।
Sponsored