TodayPati

धनुषामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई पालिकाले दिए जनही १ लाख ५१ हजार

टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

धनुषामा गएको साता पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार रूपैयाँका दरले राहत दिएको छ ।

धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पाेखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनाेज यादवले प्रत्येक मृतकका परिवारलाई उक्त रुपैयाँका दरले राहत दिएका हुन् ।

Sponsored

आइतबार पीडित परिवारलाई अध्यक्ष यादवले घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

मृतक बालिका लक्ष्मिनिया यादवका बुवा पल्टु यादव, चन्द्राकुमारी भगतका बुवा जोगिन्द्र भगत, मन्जु पुर्वेकाे बुवा राजगीर पुर्वे, चान्दनी ठाकुरका हजुर बुवा जगरनाथ ठाकुर र ललिता साहका बुवा उत्तिम साहलाई साे राहत स्वरूपकाे चेक हस्तान्तरण गरिएको छ । 

गत शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउँपालिका-६ लक्ष्मीपुर गाउँमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया यादव, १० वर्षिय चन्द्राकुमारी भगत, १३ वर्षिय मन्जु पुर्वे, १२ वर्षिय चान्दनी ठाकुर र १२ वर्षिय ललिता साहसहित स्थानीय पाँच जना बालिकाकाे डुबेरका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *