TodayPati

सप्तरीमा जनप्रतिनिधिको उदासीनताले निर्माणाधीन हुलाकी सडक हिलाम्मे, स्थानीय आजित

शुभ नारायण यादव-
सप्तरी, असार ६ गते ।

सप्तरीस्थित हुलाकी राजमार्गको सडक निर्माणमा जनप्रतिनिधिको उदासीनताका कारण सडक हिलाम्मे बनेको छ ।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव ,वडा नम्बर १० का वडाध्यक्ष सुशिल दास, वडा नम्बर १ का वडाध्यक्ष चन्द्रशेखर चौधरी र वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले हुलाकी राजमार्गको सडक निर्माणमा ध्यान नदिएको कारण बर्खामा सडक हिलाम्मे बनेको हो ।

Sponsored

राजविराज नगरपालिकाका प्रमुख यादव, वडा नम्बर १० का वडाध्यक्ष दास विरौल चौकमा र वडा नम्बर १ का वडाध्यक्ष चौधरीले पडरियास्थित स्कुल नजिकमा र वडा नम्बर ६ का वडाध्यक्ष यादवले सिरहा सडकको खर्साल टोल नजिक बाटो निर्माणमा पहल कदमी नलिएकोले हिलाम्मे बनेको छ ।

हुलाकी राजमार्गको मुल सडकमा ठेक्केदार कम्पनिले निर्माण काम नसकेको कारण सडकको ठाउँ भएर सयौं मानिसहरू दिनहुँ आवतजावत गर्ने तथा सयौं यातायातका साधन चल्ने ठाउँमा राजविराज नगरपालिकाका जनप्रतिनिधिको उदासनिताका कारण बर्खामा हिल्लो र सुख्खामा धुलो खानु पर्ने बाध्यताले स्थानीयवासी आजित बनेका हुन् ।

गत वर्ष असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा(वज्रगुरु)लोहनी एन्ड ब्रदर्स जेभीले लिए पनि यस खण्डको काम २०७७ असार २६ गते र राजविराज–वलान खण्डको ठेक्का रौताहा(श्रेष्ठ)दिवा जेभीले लिएर २०७७ असार ३० गते सम्पन्न गर्ने गरी सम्झौता भए पनि समय थप भएर पनि सडकको सबै काम अझै सम्पन्न नभएकोले त्यो बाटो भएर आवतजावत गर्ने स्थानीयवासी वर्षायातमा हिल्लो र सुख्खामा धुलो खाएर यात्रा गर्नु पर्ने बाध्यता छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *