बारामा एक युवकको शव भेटियो, हत्याको आशङ्का
टुडेपाटी–
बारा, असार ३ गते ।
बारामा एक युवकको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
विश्रामपुर गाउँपालिकामा २ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको शव रौनियार बजार जाने बाटोमा फेला परेको हो ।
बिहीबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा निलडाम देखिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीको आशङ्का छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Sponsored