TodayPati

सप्तरीमा नदीले बगाउँदा एक बालकको शव भारतमा भेटिए

टुडेपाटी-
सप्तरी, असार २ गते ।

सप्तरीमा बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्तोष भण्डारीलाई बुधबार नदीमा आएको बाढीले बगाएको हो ।

नदी पारी खेतमा काम गरिरहेका दाजु सुनील भण्डारीलाई भात पुर्याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको आफ्न्त रामचन्द्र भण्डारीले जानकारी दिए ।

Sponsored

‘भात पुर्याएर फर्किरहेको बेला नदीमा बाढी थिएन, नदीको बीच भागमा आएपछि अचानक आएको बाढीले सन्तोषलाई बगाएको प्रत्येक्षदर्शीहरुबाट जानकारी पाए,’ उनले भने–‘त्यसपछि हामीले भारततिर रहेका केही चिनजानका व्यक्तिहरुलाई जानकारी गराएर हामी पनि उत्तै गए, बगाएको केही घण्टापछि सन्तोषलाई भारत विहार राज्यका बलानपट्टी गाउँका व्यक्तिहरुले नदीबाट निकाल्दासम्म मृत्यु भइसकेको थियो ।’

हाल बालकलाई पोष्टमार्टमका लागि लहान लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बालकको पोष्टमार्टम गर्न पठाइएको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *