वीरगञ्जमा ट्रकबाट ६५ किलो लागुऔषध गाँजासहित चालक पक्राउ
टुडेपाटी-
वीरगञ्ज, असार २ गते ।
वीरगञ्जबाट ६५ किलोग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तान छन् ।
सर्च एण्ड रेड कारबाहीको क्रममा मंगलबार साँझ ५ बजे वीरगञ्ज-१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको हो । पक्राउ परेका मोक्तान उक्त ट्रकका चालक हुन् ।
गाँजासहितको ट्रक नियन्त्रणमा लिई मोक्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored