महोत्तरीमा कुलदेवताको विवादमा भाइको कुटेर हत्या गर्ने बाउ छोरा पक्राउ
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
घरको कुलदेवताको विषयमा विवादमा भाइको हत्या गरेको आरोपमा बाउ छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका रामचन्द्र साह र उनका छोरा मुकेश साह रहेका छन् ।
घटना पश्चात् फरार रहेका बुबा छोरालाई शनिबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख (एसपी) दिनेश आचार्यले जानकारी दिए ।
गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर भाइ ४५ वर्षीय लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो।
Sponsored