प्रेम-पत्र पठाएको आरोपमा दलित युवकमाथि निर्घात कुटपिट, कुटपिट गर्नेहरु फरार
टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।
प्रेम पत्र पठाएको आरोपमा एक दलित युवकलाई सार्वजनिक स्थलमा निर्दयीतापूर्व कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल भइरहेको युवकलाई बाँधेर लठ्ठीले निर्घात कुटपिट भएको भिडियोमा देखिएको घटना प्रेम पत्र पठाएको आरोपमा गैरदलितले दलित युवकलाई कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
कक्षा ११ मा पढ्ने दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी र उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बिहीबार बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको सुनेको बताएका छन् । तर प्रेम पत्र पठाएको विषयमा पुष्टि हुन सकेको छैन ।
पीडित युवकले प्रहरीमा कुटपिट गर्ने विरुद्ध उजुरी दिएका छन् । उजुरी पश्चात कुटपिट गर्नेहरु फरार भएका छन् । प्रहरीले घटना विषयमा अनुसन्धान थालेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले बताए ।
Sponsored
घटनामा संलग्नको खोजी र थप अनुसन्धान भइरहेको एसपी शाहले बताए ।