TodayPati

सप्तरीमा जोरविजोर प्रणाली उलंघन गरी चलाउने १५९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

टुडेपाटी

जनकपुरधाम, वैशाख २० गते।

कोरोना महामारी नियन्त्रण गर्न सप्तरीमा लागू गरिएको जोरविजोर प्रणाली उलंघन गरी चलाउने १७२ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार नियम उलंघन गरि चलाउने १३ वटा चार चक्के र १५९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ती सवारीसाधनका धनीबाट सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । स्थानीय प्रशासनले शनिबारदेखि सप्तरीमा जोरविजोर सवारीसाधन चलाउने नियम लगाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *