TodayPati

प्रदेश २ का मन्त्रीहरुलाई जिल्लागत जिम्मेवारी, अस्पतालहरुमा दरबन्दी थप

टुडेपाटी-
जनकपुरधाम, बैशाख २० गते ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खट्न प्रदेश २ का मन्त्रीहरुलाई जिल्लागत जिम्मेवारी तोकिएको छ । सोमबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सप्तरी जिल्लाका लागी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागी आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागी उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय र बारा तथा पर्साका लागी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Sponsored

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन् ।

यस्तै बैठकले प्रदेश सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२÷३२ लहान अस्पतालका लागी २३, र भारदह तथा पोखरिया अस्पतालका लागी १५÷१५ दरबन्दी थप गर्ने निर्णयगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Sponsored

कोरोना विशेषकोलागी थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखी लिएर स्वीपर सम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरि मन्त्रीपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको बिशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश सरकारले मणिपालमा 20 बेड आइसियु सहित १०० बेड्को बिशेष कोभिड अस्पताल निर्माण गर्न लागेको हो ।

मन्त्री परिषदको बैठकले यस अघि पिसिसिएमसीको बैठकले गरेको निर्णयहरुलाई अनुमोदन समेत गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *