चोरबाटोबाट सपथ ग्रहण गर्न लागेको भन्दै जनकपुर युथ क्लबमा तालाबन्दी
टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।
जनकपुर युथ क्लवको कार्यालयमा पूर्व अध्यक्ष एवं सदस्यहरुले सामूहिक रुपमा तालाबन्दी गरेका छन् । टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाउँदै तालाबन्दी गरेका हुन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुले चोरबाटोबाट गोप्य रुपमा सपथ ग्रहण गर्न लागेको भन्दै पूर्व अध्यक्ष एवं सदस्यहरुले शनिबार जनकपुरधाम–७ स्थित क्लबको कार्यालयमा तालाबन्दी गरेका छन् ।
पूर्व अध्यक्ष गोविन्द राय (चन्दन) ले जिल्ला प्रशासन कार्यालय धनुषामा आफूहरुले मुद्दा दिएको र सो मुद्दाको कुनै छिनोफानो नै नभएको अवस्थामा नयाँ कार्यसमितिले चोरबाटोबाट गोप्य रुपमा सपथ ग्रहण गर्न लागेकोले आफूहरुले तालाबन्दी गरेको बताए ।
क्लबका पूर्व अध्यक्ष गोबिन्द राय (चन्दन), मनिष झा श्रीओम, सुभाष कुमार शर्मा, पूर्व महासचिव संतोष पाण्डेय, वरिष्ठ सदस्य निरज साह (मुन्ना), पूर्व सल्लाहकार रामबहादुर साह, पूर्व सदस्य दिगम्बर झा तथा अन्य सदस्यहरुको उपस्थितिमा तालाबन्दी गरिएको छ ।
Sponsored