TodayPati

सिरहाका शिवकुमारको हत्या अभियोगमा दुईजना पुर्पक्षका लागि जेल चलान

टुडेपाटी-
सिरहा, वैशाख ७ गते ।

सिरहाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सिरहा जिल्ला अदालतको आदेशमा मिर्चैया नगरपालिका ७ का २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ का २४ वर्षीय इन्द्रदेव यादवलाई कारागार चलान गरिएको हो ।

Sponsored

मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्ग छेउको आँपको बगैँचामा शव फेला परेको थियो ।

पुर्पक्षका लागि जेल चलान भएका विष्णु शिवका आफ्नै काकाका छोरा हुन् भने इन्द्रदेव विष्णुका जेठान हुन् ।

शिवकुमारको हत्याको ५ दिनपछि प्रहरीले दुवै अभियुक्त सार्वजनिक गरी उनीहरूमाथि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका थिए ।

Sponsored

परिवारिक रिसिइबी साँध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *