प्रदेश २ : चट्याङ्ग लागेर कुखुरा फर्मममा आगलागी हुँदा १२ सय कुखुरा जलेर मरे, १० लाखको क्षति
टुडेपाटी-
सर्लाही, वैशाख ४ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी भएको छ ।
आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
Sponsored
आगलागीमा परी १२ सय कुखुराको चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।