दुई किलो गाँजासहित वीरगञ्जबाट १४ वर्षे बालक प्रहरी नियन्त्रणमा
टुडेपाटी-
वीरगञ्ज, वैशाख २ गते ।
प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई वीरगञ्जबाट पक्राउ पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा वीरगञ्जको शंकराचार्य गेटबाट बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।