TodayPati

राष्ट्रपति रनिंग शिल्ड जितेको निहुमा धनुषामा विद्यार्थीमाथि आक्रमण

टुडेपाटी-
धनुुषा , चैत ३१ गते ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा मंगलबार सहभागि विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा गेटमा एकजना विद्यार्थीमाथि आक्रमण भएको छ ।

आक्रमणमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ ईच्छापुरका १६ वर्षीय विद्यार्थी उमेश दास घाइते भएका छन् । घाईते विद्यार्थी दासको महेन्द्रंनगरस्थित हेल्थ केयरमा उपचार भईरहेको सो विद्यालयका एक शिक्षकले बताएका छन् ।

Sponsored

विद्यार्थी दासको टाउको फुटेको र ४ वटा टाँका लगाइएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर उच्च माध्यमिक विद्यालयका खेल मैदानमा भईरहेको तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा ईच्छापुर माविका विद्यार्थीहरु राम्रो खेल प्रर्दशन गरेर प्रथम स्थान ल्याउँदै उपाधि जितेको छ ।

उपाधि जितेर मैदान बाहिर निस्कने क्रममा गेटमा आफुमाथि त्यतिबेला ५/६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आक्रमण गरेको घाइते विद्यार्थी दासले बताएका छन् । स्थानीय क्षीरेश्वर उच्च मावि र शारदा बोर्डिंग स्कुलका समूहमा रहेको विद्यार्थीहरुले आफ्नो स्कुलका विद्यार्थी खेलमा जितेको हेर्न नसकेर आफुमाथि एक्लै गेटमा बाहिर निस्किरहेको बेला आक्रमण गरेको घाईते विद्यार्थीले बताए ।

दास आफ्नो विद्यालयको तर्फबाट टिम क्याप्टेन बनेर खेलमा सहभागी भएका थिए र खेलमा प्रथम स्थान ल्याउँदै जित हासिल गरेको कारण हार व्यहोरेका स्कुलका विद्यार्थीहरु मिलेर आफ्नो विद्यालयको विद्यार्थीमाथि आक्रमण गरेको ईच्छापुर मा.वि.का एक शिक्षकले बताएका छन् ।

Sponsored

यता यस घटना विषयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी भएपनि सुचना दिन मानेको छैन् ।

विद्यार्थी माथि आक्रमण भएको घटना आफुलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको ईन्सपेक्टरको मोबाइल नं. ९८५४०९००७२ मा फोन गरेर सूचना लिन खोज्दा आफुलाई जानकारी नभएको र बुझैछु भने जवाव दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *