एक्कासी भैंसी उम्केपछि हातमा डोरी अल्झिएर सप्तरीमा वृद्धाको ज्यान गयो
टुडेपाटी-
सप्तरी, चैत ३१ गते ।
सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु भएको छ ।
बलान बिहुल गाउँपालिका ३ महुवा टोलकी करिब बस्ने ७० वर्षीया जयावती देवी मण्डलको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
मण्डल खेतमा भैँसी चराउन जाँदा एक्कासी भैँसी उम्केपछि भैँसीको डोरी हातमा अल्झिएको थियो ।
डोरी अल्झेपछि भैँसीले घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी काफ्लेले बताए ।
Sponsored