TodayPati

जनकपुरमा घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप किरिया खर्च, खाद्यन्न र लत्ताकपडा

टुडेपाटी
जनकपुरधाम, चैत ५ गते ।
जनकपुरधाम उपमहानरपालिका–७ मुसहरी टोलमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएको भनिएका परिवारलाई राहत प्रदान गरिएको छ । बुधवार वडाअध्यक्ष सहित वडाकार्यालयका पदाधिकारीले ज्यान गुमाएका परिवारलाई किरिया खर्च सहित खाद्यन्न तथा लताकपडा हस्ताणतरण गरिएको हो ।

राहत स्वरुपम मृतक परिवारलाई वाडाध्यक्ष जानकी राम सहित वडाका बोर्ड परिवारले किरिया खर्चबापत नगद रु. २ हजार ५ सय , २५ किलो चामव, २५ किलो आलु, १ थान साड़ी, १ थान धोती, नून सहितको सामग्री हस्तान्तरण गरेका हुन् ।

अति विपन्न मुसहर परिवारलाई तत्कालकालागि यो राहत उपलब्ध गराइएपनि अझै राहतको आवश्यकता रहेको वडाध्यक्ष साहले बताए । यस्तै प्रदेश २ सरकारले घोषणा गरेको ३÷३ लाख रुपैया समेत यथाशिघ्र प्रदान गर्न उनले माग गरे । हेलीको अवसरमा घरेलु मदिरा खाएर हालसम्म ७ जनाको मृत्यु भएको स्थानीयहरुले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *