बारामा छिमेकीसँगको झगडामा घाइते भएकी महिलाको अस्पताल नपुग्दै मृत्यु
टुडेपाटी-
बारा, चैत २४ गते ।
बारामा झगडाका क्रममा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । छिमेकीबीचको झगडाका क्रममा घाइते भएकी बाराको कलैया उपमहानगरपालिका–९ कि ५५ वर्षीया नेषा खातुनको मृत्यु भएको हो ।
स्थानीय मुस्तकिमा खातुनको दाउरा जलाएको विषयमा भएको झगडाका क्रममा घाइते खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खातुनको मृत्यु अस्पतालले डिस्चार्ज गरेर पठाएपछि घर फर्किँदै गर्दा स्वास्थ्य बिग्रिएको र फेरि अस्पताल लैजाँदा बाटैमा भएको बताइएको छ ।