TodayPati

धनुषामा ट्रकको ठक्करबाट असईको ज्यान गयो, मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए उनी

टुडेपाटी-

जनकपुरधाम, चैत १३ गते ।

ट्रकको ठक्करबाट धनुषामा नेपाल प्रहरीका एकजना असईको मृत्यु भएको छ ।

Sponsored

प्रदेश २ को मुख्यमन्त्रीमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत असई मदनजँग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुर बर्दिबास सडखण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर १० स्थित लालगढमा ट्रकले उनलाई ठक्कर दिएको बुझिएको छ ।

शुक्रबार विहान करिब ३ः०० बजेको समयमा बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापरले चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाईकललाई विपरित दिशबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको बताइएको छ ।

Sponsored

धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमा मिश्रका अनुसार ठक्कर दिने ट्रक सुनसरीबाट नियन्त्रणमा लिइएएर अनुसन्धान भैरहेको छ ।

उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी मिश्रले जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *