TodayPati

सप्तरीमा बसको ठक्करबाट जसपा नेता यादव गम्भीर घाइते

शुभ नारायण यादव-
सप्तरी, चैत्र २ गते ।

सप्तरीमा बसको ठक्करबाट जसपा नेता भिमराज यादव गम्भीर घाइते भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघिय समाजवादी फोरम बाट सप्तरीको राजबिराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका भिमराज यादव र्दुघटनामा परी घाइते भएका हुन् ।

Sponsored

सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित निवासबाट स्कुटी चढी बजार तर्फ निस्केका बेला घर नजिकै अचानक बसले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।
तीव्र गतिमा गुडिरहेको ना ४ ख ७१८७ नम्बरको बसले ठक्कर दिए पछि सडक आसपास हिडिरहेका पैदल यात्रु, स्थानीयवासी र अरु सबारी चालकले बसलाई घेरा हाली नियन्त्रणमा लिएका थिए ।

यता ठक्करबाट घाइते ५० वर्षीय यादवलाई तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

उनको हाथ, खुट्टा, छाती र कम्मरमा गहिरो चोट देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले ठक्कर दिने गाडि र चालकलाई नियन्त्रणमा लिएर कार्वाही अधि बढाएको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *