सिरहा बम विस्फोट अपडेट : गोइत समूहले लिए बमकाण्डको जिम्मा
टुडेपाटी-
जनकपुरधाम, चैत १ गते ।
मालपोत कार्यालय लहानमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा जयकृष्ण गोइत समूहले लिएका छन् ।
आइतबार पौने १ बजेको समयमा सिरहाको लहनास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको घटना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।
विगत १७ वर्षदेखि मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ ।
अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारबाही गर्ने चेतावनी पनि गोइत समूहले दिएका छन् ।
बम विस्फोटमा परी ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।
Sponsored
सम्बन्धित समाचार