TodayPati

धनुषामा राति डिजे बजाउन रोक, अश्लिल गीत र आरकेष्ट्रामाथि प्रतिबन्ध

टुडेपाटी-
जनकपुरधाम, फागुन २५ गते ।

प्रशासनले धनुषामा डीजे बाजामाथि कडाई गरिएको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजेबाजा बजाउन रोक लगाएको हो ।

यस्तै अश्लिल गीत बजाउन र आरकेष्ट्रामा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार प्रहरी उपरीक्षक प्रकाश रानाभाटको अध्यक्षतामा बसेको धनुषा जिल्ला लाईट, साउण्ड तथा डिजे व्यवसायीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

Sponsored

कुनै पनि अवसरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे लगायत ठूलो आवाजमा बजाइने लाउडिस्पीकर नबजाउने व्यवसायीहरुले प्रहरी समक्षा निर्णय गरेका हुन् ।

यस्तै बिहान ५ बजेदेखि राति ९ बजेसम्म डिजे, साउण्ड अथावा लाउडिस्किर बजाउँदा छरछिमेकलाई डिस्टर्व नहुने गरी सानो स्वरमा बजाउने र छरछिमेकबाट गुनासो आए तत्काल बन्द गर्न निर्णय भएको प्रहरीले जनाएको छ ।

कुनैपनि अवसरमा अश्लिल तथा द्वि अर्थ लाग्ने गीत नबजाउने र कुनैपनि बहानामा आरकेष्ट्रा नाचहरु नगर्न प्रहरीले सूचना जारी गरेको हो ।

Sponsored

अन्य जिल्लाबाट आएका डिजे व्यवसायीहरुलाई यी निर्णयहरु मान्न प्रहरीले आग्रह गरेको छ । प्रहरी र लाउडिस्किर व्यवासयीबिच भएका ६ बुँदे निर्णय उलंघन गर्नेलाई बाजासहित नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी समेत दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *