जनकपुरका हास्य कलाकार ‘बद्री काका’ को हृदयघातबाट निधन
टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।
जनकपुरधामका स्थानीय हास्य कलाकार बद्री राउतको निधन भएको छ । आइतबार बिहान हृदयघातका कारण उनको ६३ वर्षको उमेरमा निधन भएको हो ।
विभिन्न मैथिली सीनेमा तथा बिएन पटेलद्वारा निर्देशित चर्चित टेली शृंखला ‘हुक्कालोली’ का मुख्य पात्र समेत रहेका उनी ‘बद्री काका’ नामले परिचित थिए ।
शनिबार अचानक बल्डप्रेसरको समस्या भई जनकपुरधामस्थित काव्या हस्पिटलको आइसीयु कक्षमा भर्ना गरिएका राउतको आइतबार बिहान हृदयघात भई निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
वयोवृद्ध अभिनेता राउत लगभग चारवटा मैथिली सिनेमामा पनि आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेका छन् । त्यस्तै जनकपुरधामबाट प्रसारण भईरहेको टिभी टुडेको चर्चित टिभी सिरीयल हुक्कालोलीमा समेत उनी विगत चार वर्षदेखि निरन्तर अभिनय गरिरहेका थिए ।
राउतको श्रीमती, चार छोरी र एक छोरा छन् ।
Sponsored