TodayPati

सर्लाहीबाट ८ किलो गाँजासहित महोत्तरीका दुई युवक प्रहरी नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

सर्लाहीबाट आठ किलो लागुऔषध गाँजासहित महोत्तरीका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो छन् ।

प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

Sponsored

प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको डीएसपी कुँवरले बताए । साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *