TodayPati

महोत्तरीमा दिवाखाजा समितीबाट श्रीमतीलाई हटाएको भन्दै यादवले प्रधानाध्यापकलाई कुटे

टुडेपाटी-

महोत्तरी, फागुन २० गते ।

महोत्तरुीको गौशाला नगरपालिका ६ स्थित माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि हातपात भएको छ ।

Sponsored

विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले आफुमाथि हातपात गरेको प्रधानाध्यापक ठाकुरले आरोप लगाएका हुन् ।

मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेको उनको आरोप छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत नमानेको उनले बताए ।
गएको माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले दावी गरे ।

Sponsored

रामबाबु यादव वडा नं। ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।

समिति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै सो समितिलाई पूर्णता दिएको प्रधानाध्यापक ठाकुरको भनाइ छ ।

विद्यालय परिवारले कुटपिटमा संलग्न रामबाबु र उनका छोरा मनोहरलाई कारबाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *